
प्रतितोला १६ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं – नेपाली बजारमा सुनको भाउ अघिल्लो दिनको तुलनामाप्रतितोला १ हजार ६०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँ कायम छ। अघिल्लो दिन २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको भाउ प्रतितोला ३० रुपैयाँ घटेसँगै ५ हजार १६० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन ५ हजार १९० रुपैयाँ थियो । गत मंगलबार चाँदी ५ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।



कागजपत्र |
