रास्वपा केन्द्रीय समिति बैठक जारी


काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक अहिले पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा जारी छ।

बैठकमा सचिवालयले प्रस्ताव गरेका विभिन्न एजेन्डामाथि छलफल गर्दै आवश्यक निर्णयहरू अनुमोदन गर्ने तयारी रहेको प्रवक्ता मनीष झाले जानकारी दिएका छन्।

झाका अनुसार बैठकमा पार्टीका पछिल्ला गतिविधिको ब्रिफिङ, केन्द्रीय सदस्यहरूको रिपोर्टिङ, महाधिवेशन सम्बन्धी कार्यविधि मस्यौदा, विधान संशोधन, स्थानीय तहका उम्मेदवार क्लब गठन तथा आवेदन आह्वानलगायत विषयहरूमा विस्तृत छलफल भइरहेको छ।

बैठकमा २० जना केन्द्रीय सदस्यहरूले आ–आफ्नो रिपोर्ट प्रस्तुत गर्ने व्यवस्था गरिएको छ। प्रत्येक सदस्यलाई त्यसका लागि दुई–दुई मिनेटको समय छुट्याइएको प्रवक्ता झाले बताए।

यसअघि आइतबार बसेको सचिवालय बैठकले प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी, संसदीय दलका लागि प्राविधिक सहयोग तथा लेबी प्रणालीसम्बन्धी विषयमा छलफल गरेको थियो।

 

प्रतिक्रिया