
पोखरा लेकसाइडमा पर्यटकलाई हैरानी दिएको आरोपमा १६ महिला पक्राउ
पोखरा- पोखराको लेकसाइड क्षेत्रमा पर्यटकहरूलाई दुःख दिएको आरोपमा प्रहरीले १६ जना महिलालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार रातिको समयमा ती महिलाहरूले आन्तरिक तथा विदेशी पर्यटकहरूलाई अनावश्यक हैरानी दिने, रकम असुल्ने तथा लुटपाटसम्म गर्ने गरेको गुनासो बढ्दै गएको थियो । साथै उक्त क्षेत्रमा अनैतिक गतिविधि पनि बढिरहेको भन्दै लगातार उजुरीहरू प्राप्त भइरहेका थिए ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त टोलीले वैशाख ५ गते राति साढे १२ बजेदेखि ६ गते बिहान २ बजेसम्म विशेष अपरेशन सञ्चालन गरेको थियो ।
अपरेशनका क्रममा १६ जना महिलालाई नियन्त्रणमा लिइएको र उनीहरूलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए ।



कागजपत्र |
