प्रधानमन्त्री बालेन र सातै प्रदेशका मुख्यमन्त्रीबीच छलफल


काठमाडौं-  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफलमा जुटेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको हो।

प्रधानमन्त्री कार्यालयका अनुसार बैठक विकास निर्माणका कार्यलाई तीव्रता दिने, स्रोत–साधनको समुचित बाँडफाँट सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा केन्द्रित छ।

यसअघि प्रधानमन्त्री बालेनले विभिन्न दलका प्रत्यक्ष तथा समानुपातिक सांसदहरूसँग पनि क्षेत्रगत समस्या र विकासका विषयमा छलफल गरेका थिए।

प्रतिक्रिया