फेरि गाडीभाडा बढाउन यातायात व्यवसायीको माग


काठमाडौं- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गाडी भाडा पुनः समायोजन गर्न माग गरेको छ।

बुधबार रातिदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै यातायात व्यवसायीहरूले भाडा बढाउन माग गरेका हुन्। महासंघले एक विज्ञप्ति जारी गर्दै भाडादर समायोजन आवश्यक भएको जनाएको छ।

व्यवसायीहरूका अनुसार पछिल्लो पटक भाडा समायोजनपछि पनि दुई पटक इन्धनको मूल्य वृद्धि भइसकेकाले अहिलेको भाडादर अपर्याप्त भएको छ।

उनीहरूले भाडा समायोजनसँगै हालै गरिएको इन्धन मूल्यवृद्धि फिर्ता लिन पनि सरकारसँग आग्रह गरेका छन्।

त्यसैगरी महासंघले देशभर सेवा सञ्चालन गर्ने आफ्ना सदस्यहरूलाई पेट्रोलियम पदार्थको खपत कम गर्न र सञ्चालन घाटा न्यूनीकरण गर्न आग्रह गरेको छ।

प्रतिक्रिया