बझाङमा पोखरीमा डुबेर दुई बालकको मृत्यु


बझाङ- बझाङमा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

वित्थडचिर गाउँपालिका १–स्थित माथिल्लो वित्थडमा रहेको चिल्ड्रेन पार्कभित्रको पोखरीमा नुहाउने क्रममा उक्त घटना भएको प्रहरीको भनाइ छ ।

अन्दाजी ८ वर्ष उमेरका दुई बालक खेल्ने क्रममा उक्त पोखरीमा पुगेका थिए । नुहाउने क्रममा उनीहरू डुबेको र समयमै उद्धार गर्न नसकिँदा घटनास्थलमै ज्यान गएको जनाइएको छ ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको र थप अनुसन्धान भइरहेको जनाइएको छ । मृतक बालकहरूको पहिचान बाँकी रहेको छ ।

प्रतिक्रिया