पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध माइतीघरमा विद्यार्थीकाे प्रदर्शन


काठमाडौं- पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य बढाएपछि विद्यार्थी संगठनहरू सडकमा उत्रिएका हुन्।

नयाँ मूल्यसूचीअनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ वृद्धि गरिएको छ भने आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढाइएको छ।

परिवर्तित दरअनुसार डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर २३७ रुपैयाँ पुगेको छ भने हवाई इन्धनको मूल्य २५६ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

मूल्यवृद्धिले जनजीवनमा प्रत्यक्ष असर पर्ने भन्दै विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका हुन्।

प्रतिक्रिया