
धनगढीमा प्रहरी गणकाे छतबाट खसेर कर्मचारीको मृत्यु
धनगढी- सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीको मेस भवनको छतबाट खसेर एक भान्से कर्मचारीको मृत्यु भएको छ।
प्रहरीका अनुसार सरसफाइ गर्ने क्रममा बिहीबार बिहान करिब ८ बजे मेसको माथिल्लो तलाको छतबाट खसेर गम्भीर घाइते भएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ का २७ वर्षीय प्रहरी कार्यालय सहयोगी अजय चौधरीको उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार छतबाट खसेर बेहोस भएका चौधरीलाई तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको ज्यान गएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
