
रास्वपाले बोलायो संसदीय दलको बैठक
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ ।
बिहीबार मध्यान्ह १२ः१५ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बैठक बस्ने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।
उनका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था र संसदीय समितिहरूका सभापति निर्वाचनका विषयमा छलफल हुने तय गरिएको छ ।



कागजपत्र |
