उपसभामुखबारे बार्गेनिङ नगर्न हर्क साम्पाङको आग्रह


काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले संघीय संसद्‌को उपसभामुख पदका लागि निर्वाचन हुने बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले उपसभामुख चयन प्रक्रियामा खुला छलफल आवश्यक रहेको उल्लेख गर्दै ‘बार्गेनिङ होइन, छलफल गर्नुस्’ भन्ने सन्देश दिएका छन्।

संघीय संसद् सचिवालयका अनुसार उपसभामुख पदका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्ने समय तोकिएको छ। दर्ता भएका उम्मेदवारहरूको अन्तिम नामावली आजै दिउँसो साढे २ बजे सार्वजनिक गरिने जनाइएको छ।

निर्वाचन प्रक्रिया अनुसार उपसभामुख पदको मतदान भोलि शुक्रबारका लागि तय गरिएको छ। यसअघि सभामुख पदमा डोलप्रसाद अर्याल निर्वाचित भइसकेका छन्। संवैधानिक प्रावधानअनुसार उपसभामुख पदमा भने महिला सांसदहरूले मात्र उम्मेदवारी दिन पाउने व्यवस्था रहेको छ।

प्रतिक्रिया