
ओली र लेखकलाई थुनामुक्त गर्ने निर्णय
काठमाडाैं – सर्वाेच्च अदालतको परमादेशअनुसार प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामुक्त गर्ने भएको छ।
दुवै जनालाई हाजिरी जमानीमा छा्ड्ने प्रक्रिया अघि बढेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले बताए।
‘खोजेको बेला उपस्थिती हुने गरी उहाँहरुलाई हाजिरी जमानीमा छाड्ने निर्णय भएको छ,’ उनले भने,‘त्यसको प्रक्रिया अघि बढेको छ।’
थुनामुक्त गरेपनि अनुसन्धान प्रक्रिया भने जारी रहने प्रहरीले जनाएको छ।
बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वाेच्चले गत सोमबार अब म्याद थप नगर्न परमादेश दिएको थियो ।
ओली र लेखक गत १४ चैतमा पक्राउ परेका हुन्। ओली उपचारका लागि अस्पतालमा छन् भने लेखकलाई प्रहरी गणमा राखिएको छ।
दुवै जनाको स्वास्थ्य जाँच गरी हाजिरी जमानी कागजमा हस्ताक्षर गरेर छाड्न लागिएको छ।



कागजपत्र |
