राष्ट्रपति पाैडेलले भोली संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार दिउँसो ३ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा यो सम्बोधन गर्न लागेका हुन् ।

नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपति सङ्घीय संसद्का कुनै एक वा दुवै सदनको बैठकलाई सम्बोधन गर्न र सदस्यहरूको उपस्थितिको आह्वान गर्न सक्ने अधिकार राख्छन् ।

यस सम्बोधनमा राष्ट्रपतिले देशको वर्तमान राजनीतिक अवस्था, सरकारका प्राथमिकता तथा आगामी नीति र कार्यक्रमबारे प्रकाश पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया