
उपसभामुखको निर्वाचन चैत २७ मा
काठमाडौं- प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन आगामी चैत २७ गते हुने भएको छ।
सभामुख डीपी अर्यालले बुधबार बसेको प्रतिनिधिसभा बैठकमार्फत उपसभामुख निर्वाचनको मिति घोषणा गरेका हुन्।
बैठकमा उनले निर्वाचन कार्यक्रमसम्बन्धी विस्तृत सूचना सोही दिन प्रकाशित गर्न प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई निर्देशन दिएका छन्।
निर्वाचन तालिका सार्वजनिक भएसँगै उपसभामुख चयन प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ।



कागजपत्र |
