सार्वजनिक यातायातकाे भाडादर बढ्यो


काठमाडौं – सरकारले सार्वजनिक यातायात तथा ढुवानीका साधनको भाडा वृद्धि गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालको मन्त्रीस्तरीय निर्णयपछि यातायात व्यवस्था विभागले नयाँ भाडादर लागू गरेको हो।

नयाँ निर्णयअनुसार सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशतले वृद्धि गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिएका छन्।

यस्तै पहाडी क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा २१.६८ प्रतिशतले वृद्धि गरिएको छ भने तराई क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढाइएको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनुका साथै अन्य प्राविधिक कारण देखाउँदै यातायात व्यवसायीहरूले लामो समयदेखि भाडा समायोजनको माग गर्दै आएका थिए। सोही मागअनुसार सरकारले भाडा वृद्धि गरेको हो।

प्रतिक्रिया