प्रहरी सेवा नागरिकमैत्री र पारदर्शी बनाउन गृहमन्त्री गुरुङको आग्रह


काठमाडौं- गृहमन्त्री सुधन गुरुङले प्रहरी सेवालाई नागरिकमैत्री, स्वच्छ, पारदर्शी र सेवामूलक बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंको स्थलगत निरीक्षण गर्दै उनले सम्पूर्ण प्रहरी कर्मचारीलाई सेवा प्रवाहमा सुधार गर्न आग्रह गरेका हुन्।

निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले परिसरबाट भइरहेका कामकारबाही, सेवा प्रवाह तथा अपराध अनुसन्धानबारे जानकारी लिएका थिए। परिसर प्रमुख एसएसपी रमेश थापाका अनुसार मन्त्री गुरुङले प्रहरी सेवामा प्रविधिको प्रयोगलाई प्रभावकारी बनाउन सरकारले आवश्यक व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन्।

यसैबीच, एसएसपी थापाले काठमाडौंमा जडान गरिएका १,३०० भन्दा बढी सीसीटीभीमध्ये जेनजी आन्दोलनका क्रममा भएको तोडफोडपछि ९३७ वटा सीसीटीभी पुनः जडान भइसकेको जानकारी दिए।

प्रतिक्रिया