
सर्वोच्चद्वारा जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन झिकाउन आदेश
काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन झिकाउन आदेश दिएको छ ।
सोमबार न्यायाधीश कुमार रेग्मीको इजलासले पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमुक्त गर्न माग गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै आयोगको प्रतिवेदन माग गरेको हो । अदालतले भने हिरासतमुक्त गर्ने अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
सरकारले जेनजी आन्दोलनसम्बन्धी आयोगको प्रतिवेदनका आधारमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई चैत १४ गते बिहान पक्राउ गरेको थियो । त्यसपछि पूर्वगृहमन्त्री लेखकलाई गैरकानुनी रूपमा पक्राउ गरिएको दाबी गर्दै उनकी पत्नी यशोदा लेखकले चैत १५ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
यसअघि जिल्ला अदालत काठमाडौंले लेखकलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।



कागजपत्र |
