अर्थमन्त्री वाग्ले आएपछि एकैपटक ३० उपसचिव सरुवा


काठमाडौं-  अर्थ मन्त्रालयमा व्यापक कर्मचारी सरुवा गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पदभार सम्हालेपछि एकैपटक ३० जना उपसचिवको सरुवा गरिएको हो ।

मन्त्रालयका अनुसार हाल मन्त्रालयमै कार्यरत उपसचिवहरूलाई भन्सार विभाग, आन्तरिक राजस्व विभाग, विभिन्न प्रदेश तथा जिल्लास्थित भन्सार कार्यालयहरू लगायत मातहतका निकायहरूमा खटाइएको छ ।

उपसचिव गोपालप्रसाद भट्टराई, शर्मिला सुवेदी र माया पन्थीलाई भन्सार विभाग सरुवा गरिएको छ । त्यस्तै, केशव रघुवंशीलाई आन्तरिक राजस्व विभाग र हरिप्रसाद भण्डारीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाइएको छ ।

यसैगरी, जागेश्वर शर्मालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सरुवा गरिएको छ भने इश्वरी खत्री र बामदेव पन्थीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा खटाइएको अर्थ मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया