मन्त्रिपरिषद् बैठक सुरू


काठमाडौं– मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरू भएको छ । प्रधानमन्त्री बालेनको सचिवालयका अनुसार बैठक अपराह्न सवा ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सुरू भएको हो ।

यस बैठकले विगतको सरकारमा पालामा भएका राजनीतिक नियुक्तिसहितका विषयमा महत्त्वपूर्ण निर्णय गर्न सक्ने अपेक्षा गरिएको छ।

अर्कातिर भ्रष्टाचारविरुद्धको अभियान तीव्र पारेको सरकारले यसबारे पनि ठोस निर्णय गर्न सक्ने चर्चा छ ।

शुक्रबार नयाँ सरकार गठन भएपछि यो दोस्रो मन्त्रिपरिषद बैठक हो । यसअघि सरकार गठनकै दिन शुक्रबार पहिलो बैठक बसेको थियो ।

प्रतिक्रिया