
प्रहरी मुख्यालय पुगेर गृहमन्त्रीको निरीक्षण, सेवा सुधारमा जोड
काठमाडौं- गृहमन्त्री सुधन गुरुङले सोमबार प्रहरी प्रधान कार्यालय, नक्सालमा पुगेर निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले विभिन्न निर्देशनालय र विभागहरूको अवलोकन गरेका थिए ।
अवलोकनपछि उच्च प्रहरी अधिकृतहरूलाई निर्देशन दिँदै मन्त्री गुरुङले सर्वसाधारणसँगको व्यवहार सुधार्नुपर्नेमा विशेष जोड दिए । उनले प्रहरी संगठनलाई समाजका लागि नमुना बनाउने लक्ष्य रहेको उल्लेख गरे ।
“प्रहरीको सेवा सुधारदेखि अनुसन्धानमा अत्याधुनिक प्रविधिको प्रयोग हाम्रो प्राथमिकता हो, तपाईँहरूले काम गरेर देखाउनुपर्छ,” उनले निर्देशन दिँदै भने ।
मन्त्री गुरुङले प्रहरीका लागि आवश्यक पोशाक उत्पादन गर्न गुणस्तरीय उद्योग स्थापना गर्नुपर्ने विषयमा पनि सुझाव दिएका छन् ।



कागजपत्र |
