राइड शेयरिङ चालक सडकमा, ‘शोषण अन्त्य गर’ भन्दै आन्दोलन


काठमाडौं- विभिन्न माग अघि सार्दै राइड शेयरिङमा आबद्ध चालकहरू आन्दोलनमा उत्रिएका छन् । लामो समयदेखि कम्पनीहरूले आफूहरूलाई शोषण गर्दै आएको आरोप लगाउँदै उनीहरूले संयुक्त रूपमा विरोध प्रदर्शन थालेका हुन् ।

नेपालमा सञ्चालनमा रहेका पठाओ, इन्ड्राइभ लगायतका राइड शेयरिङ कम्पनीविरुद्ध चालकहरू एकीकृत भएर सडकमा उत्रिएका छन् । उनीहरूले सेवा शर्त, कमिशन दर र कार्यपरिस्थितिमा सुधार गर्न माग गर्दै आन्दोलन चर्काएका हुन् ।

आन्दोलनका क्रममा चालकहरूले “राइडरमाथिको शोषण बन्द गर”, “अन्यायविरुद्ध हाम्रो आन्दोलन जारी छ” र “शोषणको अन्त्य गर” जस्ता नारा लगाएका छन् ।

चालकहरूको भनाइमा कम्पनीहरूले अत्यधिक कमिशन काट्ने, सुरक्षाको ग्यारेन्टी नदिने र स्पष्ट नीति बिना काम गराउने जस्ता समस्या समाधान नभएसम्म आन्दोलन जारी रहनेछ ।

प्रतिक्रिया