रविको मुद्दा आज पनि हेर्दाहेर्दैमा, आइतबार सुनुवाइ हुने


काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटको सुनुवाइ सर्वोच्च अदालतमा जारी छ।

लगातार तीन दिनसम्म सुनुवाइ भए पनि नसकिएपछि अब आइतबारका लागि सारिएको छ। महान्यायाधिवक्ता सबिता भण्डारीको उक्त निर्णयलाई गैरकानुनी भन्दै कार्यान्वयन रोक्न माग गरिएको छ।

रविले भने राजनीतिक प्रतिशोधका आधारमा अभियोग लगाइएको दाबी गर्दै मुद्दा फिर्ता लिन निवेदन दिएका थिए। यसअघि विभिन्न अदालतहरूले पनि मुद्दा संशोधनबारे निर्णय नगर्न आदेश दिएका छन्।

प्रतिक्रिया