दार्चुला केन्द्रबिन्दु भई ४ म्याग्निच्युडको भूकम्प


दार्चुला – दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार बिहान ८ः३२ मा दार्चुलाको मुराई केन्द्रविन्दु भएर धक्का महसुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ४ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ ।

यसअघि सोमबार बझाङ केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

सोमबारै बिहान ३ बजेर ५१ मिनेटमा दार्चुलाको मुराई आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया