
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै माइतीघरमा प्रदर्शन
काठमाडौं– जेनजी आन्दोलनमा भएको दमनबारे तयार गरिएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आइतबार जेनजी अलायन्सका अभियन्ताहरूले माइतीघरमा प्रदर्शन गरेका छन्।
उनीहरूले ‘कार्की आयोगको पूरा प्रतिवेदन खोइ ?’ भन्दै सरकारलाई प्रश्न गर्दै चेतावनी सभा आयोजना गरेका हुन्।
सरकारले ५ असोजमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो। उक्त आयोगले २४ फागुनमा आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको जानकारी छ।
अभियन्ताहरूले प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने माग गर्दै प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन्।



कागजपत्र |
