मनकामना माइक्रो दुर्घटना अपडेटः ७ जनाको भारतीय पर्यटकको मृत्यु


काठमाडौं – मनकामना मन्दिर दर्शन गरेर फर्किँदै गरेको माइक्रोबस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको जनाइएको छ ।

गोरखा जिल्लाको शहीद लखन गाउँपालिका वडा नं. ३ स्थित मोइपानी खोलामा भएको माइक्रोबस दुर्घटनामा अन्य ७ जना घाइते भएको जनाइएको छ ।

बागमती  प्रदेश ००६ ख ८४३० नम्बरको इभी माइक्रोबस मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको अवस्थामा दुर्घटना भएको जनाइएको छ ।

उक्त माइक्रोमा भारतीय नागरिक सवार रहेको बुझिएको प्रहरीले जनाएको छ ।

थप विवरण आउन बाँकी ।

प्रतिक्रिया