
मनकामना दर्शन गरेर फर्किएको माइक्रो दुर्घटना
काठमाडौं – मनकामना दर्शन गरेर फर्किएको माइक्रो दुर्घटना भएको छ ।
आँबुखैरेनी–मनकामना सडक खण्डको कान्टार भन्ने स्थानमा बागमती प्रदेश ००६ ख ८४३० नम्बरको इभी माइक्रो दुर्घटना भएको जनाइएको छ ।
दुर्घटनामा केही यात्रुहरु हताहती भएको प्रारम्भिक जानकारी पाइएको छ ।
उक्त गाडीमा भारतीय पयर्टक चढेको जनाइए पनि थप जानकारी प्राप्त भएको छैन ।
थप विवरण आउन बाँकी ।



कागजपत्र |
