
इरानको ड्रोन खस्दा ओमानमा दुई आप्रवासी कामदारको मृत्यु
काठमाडौं- इरानले प्रहार गरेको ड्रोन खस्दा ओमानमा दुई विदेशी कामदारको मृत्यु भएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराका अनुसार ओमानको सोहर प्रान्तस्थित अल–अवाही औद्योगिक क्षेत्रमा ड्रोन खसेपछि उक्त घटना भएको हो। ड्रोन दुर्घटनामा दुई आप्रवासी कामदारको ज्यान गएको जनाइएको छ।
यस घटनापछि त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे चासो बढेपछि ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले नेपालीहरू सुरक्षित रहेको जानकारी दिएका छन्।
राजदूत अर्यालका अनुसार घटनास्थल वरपर रहेका नेपालीहरू सबै सुरक्षित रहेको बुझिएको छ।



कागजपत्र |
