छोरालाई भोट माग्दा पार्टीबाट निकालिए बुवा


बझाङ- नेपाली कांग्रेस बझाङले त्यहाँबाट सांसद निर्वाचित एमाले नेता ऐन महरका बुवालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ। पार्टीले यस कारबाही पार्टीभित्रको अनुशासन उल्लंघन र चुनावी अन्तर्घातका कारण गरेको जनाएको छ।

कांग्रेसले ऐन महरका बुवा रामबहादुर महरलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो। छोरा ऐन महर एमालेमा आबद्ध भई पार्टीको विद्यार्थी संगठनको केन्द्रीय अध्यक्ष र प्रतिनिधि सभाको उम्मेदवार बनेका भए पनि बुवा अहिलेसम्म कांग्रेसकै सदस्य थिए।

एमाले नेता र बझाङबाट हालै सम्पन्न प्रतिनिधि सभा सदस्यको उम्मेदवार ऐन महरका बुवा रामबहादुर महर लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध थिए। उनी नेपाल किसान संघ बझाङका पूर्व जिल्ला सभापतिसमेत हुन्।

तर, हालैको निर्वाचनमा आफ्नै छोरा ऐन महर (एमाले उम्मेदवार)लाई सहयोग गरेको र कांग्रेसका आधिकारिक उम्मेदवार प्रकाश रसाइली ‘स्नेही’ विरुद्ध गतिविधि गरेको प्रमाण भेटिएकाले पार्टीले उनलाई कारबाही गरेको हो। जिल्ला अनुशासन समिति बझाङका अनुसार महरले पार्टीको विधान र आचरण विपरीत विपक्षी दलको पक्षमा भोट मागेका थिए।

प्रतिक्रिया