तेह्रथुममा सुब्बाको जितसँगै कांग्रेस पाँच क्षेत्रमा विजयी


काठमाडौं – तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा विजयी भएका छन्।

निर्वाचन अधिकृत कार्यालयका अनुसार एमालेका उम्मेदवार भानुभक्त ढकाललाई पछाडि पार्दै कांग्रेसका सन्तोष सुब्बा विजयी भएका हुन्।

सुब्बाले निकटतम प्रतिस्पर्धी एमालेका ढकाललाई ८७९ मतले पछि पारेका हुन्।

तेह्रथुममा विजयी भएका सुब्बाले ११ हजार ५६१ पाउँदा उनका प्रतिद्वन्द्वी एमालेका ढकालले १० हजार ६८२ मत ल्याएका छन्। २०७९ को निर्वाचनमा तेह्रथुमबाट कांग्रेसकै सीता गुरुङ विजयी भएकी थिइन्।

योसँगै कांग्रेसले अहिलेसम्म पाँच क्षेत्रमा जित निकालेको छ। मुस्ताङबाट खाता खोलेको कांग्रेसले मनाङ, रसुवा, र दैलेखमा जित हात पारेको हो।

प्रतिक्रिया