मतदानपछि शेखरले भने- सबै दललाई मिलाएर संविधान सुधारमा जानुपर्छ


काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सबै दललाई मिलाएर संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

मोरङको आदर्श स्कुल मतदान केन्द्रमा मतदानपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले संविधान संशोधनबारे अभिव्यक्ति दिएका हुन् ।

‘सबै दललाई मिलाएर संविधान सुधारमा जानु पर्छ,’ नेता कोइरलाले भने, ‘यसका लागि नेपाली कांग्रेसले नै पहल गर्छ ।’

उनले सबै दलहरूलाई सहभागी गराएर संविधानमा गर्न सकिने सुधारका लागि कांग्रेसले पहल गर्ने बताए ।

‘मध्यमार्गी पार्टी भएको नाताले नेपाली कांग्रेसले नै सबैलाई समावेश गरेर संविधानमा कति सुधार गर्न सकिन्छ हामी गर्छौं,’ कोइरालाले भने ।

प्रतिक्रिया