
प्रतिनिधिसभा निर्वाचन सुरक्षित बनाउन नेपाली सेनाको अपिल
काठमाडौं- आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गराउन नेपाली सेनाले सबै सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै काम गरिरहेको जनाएको छ।
बुधबार एक अपिल जारी गर्दै नेपाली सेनाले नेपाल सरकारले प्रदान गरेको संवैधानिक तथा अन्य जिम्मेवारीहरू सम्बन्धित निकायहरूसँगको सहकार्यमा सधैं कुशलतापूर्वक पूरा गर्दै आएको उल्लेख गरेको छ। सोही परम्परालाई निरन्तरता दिँदै यसपटकको निर्वाचनका लागि पनि एकीकृत सुरक्षा योजनाअनुसार सेना परिचालन भइरहेको स्पष्ट पारिएको छ।
अपिलमा भनिएको छ, ‘नेपाल सरकारले प्रदान गरेको संविधान प्रदत्त एवं अन्य जिम्मेवारी नेपाली सेनाले सम्बन्धित निकायहरूसँगको समन्वय र सहकार्यमा सदैव कुशलतापूर्वक सम्पन्न गर्दै आएको सर्वविदितै छ।’
साथै, सेनाले आसन्न निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गर्न आफ्नो गैर–राजनीतिक चरित्र कायम राख्दै सबै सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्यका साथ कार्य गरिरहेको पनि स्पष्ट पारेको छ।



कागजपत्र |
