
इजरायल–इरान द्वन्द्व चर्किँदा खाडी देशहरूले बन्द गरे हवाई क्षेत्र
काठमाडौं- इजरायलले इरानमाथि हवाई आक्रमण सुरु गरेसँगै खाडी क्षेत्रका केही देशहरूले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराका अनुसार कतार, कुवेत र संयुक्त अरब इमिरेट्स (यूएई) ले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै यस्तो निर्णय लिएका हुन्।
शनिबार इजरायलले इरानका विभिन्न सहरलाई लक्षित गरी हवाई हमला गरेको थियो। उक्त आक्रमणपछि क्षेत्रीय तनाव तीव्र बनेको छ।
इरानले पनि इजरायलको कारबाहीको जवाफस्वरूप प्रतिआक्रमण सुरु गरेको जनाएको छ। दुवै देशबीचको सैन्य गतिविधि बढेसँगै मध्यपूर्वमा सुरक्षा अवस्था थप जटिल बनेको छ।



कागजपत्र |
