
टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्र चौथो स्थानमा उक्लिए
काठमाडौं- आईसीसी पुरुष टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टी-२० तर्फको अलराउन्डर वरियतामा चौथो स्थानमा उक्लिएका छन् ।
आईसीसीले जारी गरेको नयाँ वरियताअनुसार दीपेन्द्र छैटौं स्थानबाट चौथो स्थानमा उक्लिएका हुन् ।
दीपेन्द्रले टी-२० विश्वकपमा नेपालका लागि सर्वाधिक १६९ रन बनाएका थिए । साथै, २ विकेटसमेत लिए । दीपेन्द्रको रेटिङ अंक बढेर २४४ पुगेको छ ।
उक्त सूचीमा पाकिस्तानका सायम अयुब शीर्ष स्थानमा छन् । जिम्बाबेका सिकन्दर राजा २९७ अंकसहित दोस्रोमा झरेका छन् । तेस्रोमा भारतका अलराउन्डर हार्दिक पाण्डेय छन् ।



कागजपत्र |
