
पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई गरियो बिदाइ
काठमाडौं- महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आएका नागा बाबाहरूलगायत साधुसन्तलाई दान–दक्षिणासहित सम्मानपूर्वक बिदाइ गरिएको छ।
साधुसन्तलाई बिदाइ गर्ने काम गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले संयुक्त रूपमा गरेका हुन्। यसका लागि करिब ३० लाख रुपैयाँ बजेट छुट्याइएको थियो।
दान वितरणका लागि रातो, नीलो, सेतो, पहेँलो र हरियो रंगका कार्ड साधुसन्तलाई आइसकेकै दिन बाँडिएका थिए। कार्ड अनुसार दक्षिणा रकम फरक–फरक तोकिएको थियो। जसमा कार्ड बाँडिएका मध्ये रातो कार्ड भएका साधुसन्तलाई ११ हजार, प्याजी कार्ड भएका साधुसन्तलाई ६ हजार, निलाे ४ हजार, पहेंलाे २५ सय, हरियाे ११ सय, गुलाबी ५५१, सेताे कार्ड भएकालाई २०० रूपैयाँ दक्षिणा साधुसन्तलाई प्रदान गरिएकाे छ ।



कागजपत्र |
