रामेछाप बस दुर्घटना : एक सातापछि भेटियो बालककाे शव


रामेछाप- रामेछापमा बस दुर्घटना भएको एक सातापछि सुनकोशी नदी किनारामा एक बालकको शव फेला परेको छ। सोमबार बिहान साढे ७ बजे गोलन्जोर गाउँपालिका–७ तल्लो बजार नजिकै सुनकोशी नदी किनारामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

फेला परेको शव माघ २७ गते मन्थली नगरपालिका–६ बेनिघाट पुल नजिकै भएको बस दुर्घटनामा ज्यान गुमाएका ९ वर्षीय कृचन तामाङको भएको पुष्टि भएको छ। उनी प्र.३–०१–००५ ख ९९७५ नम्बरको बस दुर्घटनामा परेका थिए।

मन्थली–२ पिप्ले निवासी कृचन तामाङको शवको सनाखत उनका ठूलोबुबा युवराज तामाङले गरेका हुन्। सनाखतपछि आवश्यक मुचुल्का प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

यससँगै रामेछाप बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ। यसअघि माघ २७ गते नै १२ जनाको शव फेला परिसकेको थियो। दुर्घटनापछि तामाकोशीमा खसेको बस प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा निकालिएको थियो।

प्रतिक्रिया