पार्टी बचाउन बाबुराम भट्टराईलाई कारबाही गर्नुपरेको थियो : प्रचण्ड


काठमाडौं-  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी अभियानका लागि लावाङ पुगेका क्रममा तत्कालीन नेता बाबुराम भट्टराईलाई कारबाही गर्नु परेको बैठकको स्मरण गरेका छन्। यो अवसर उनी जनयुद्ध दिवस मनाउन लावाङ पुगेका थिए।

प्रचण्डले भने, “आज जनयुद्ध दिवस हो। हामीले सुरु गरेको जनयुद्ध २० वर्ष पूरा गरी २१ वर्ष पुगेको छ। यस्तो ऐतिहासिक दिनमा, लावाङ जस्तो ऐतिहासिक गाउँमा, जहाँ हामी धेरै महत्त्वपूर्ण बैठक बस्यौं, यहाँका जनताले हामीलाई पूर्ण सुरक्षा, खुवाउने, प्याउने र बस्ने व्यवस्था उपलब्ध गराएका थिए। म ती दिनहरूलाई अहिले पनि ताजा रूपमा सम्झिरहेको छु। लावाङप्रति हामी जहिले पनि ऋणी छौँ।”

उनले लावाङको योगदान स्मरण गर्दै भने, “साँच्चै नै यो गाउँ र हाम्रो पार्टी, जनयुद्ध र अहिलेको गणतन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्र बीच गहिरो सम्बन्ध छ। २१ वर्षअघि हामी बैठक बसिरहेको बेला पार्टीभित्र समस्या देखिएको थियो। केही नेता साथीहरूले पार्टी अनुशासन, विधि र पद्धति तोडेर प्रतिक्रियावादीलाई लाभ पुग्ने खालका समाचार लेखेका थिए। यही अवस्थाबाट पार्टीलाई शुद्ध पार्न, गलत प्रवृत्तिबाट जोगाउन र पार्टीलाई बचाउन हामीले तत्कालीन वरिष्ठ नेता बाबुराम भट्टराईलाई कारबाही गर्नु परेको थियो। हामीले कारबाही गरेका थियौँ।”

प्रचण्डले लावाङको जनताको सहयोग, पार्टी अनुशासन र ऐतिहासिक भूमिका स्मरण गर्दै जनयुद्ध दिवसको महत्वमा जोड दिएका छन्।

प्रतिक्रिया