गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ


गुल्मी- गुल्मीको इश्मा गाउँपालिका–२ स्थित छल्दीटारमा तीन महिनाको शिशुको हत्या भएको घटनामा शिशुका बाबु पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार हत्या आरोपमा ४६ वर्षीय सन्तबहादुर कुमाललाई नियन्त्रणमा लिइएको हो । प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार मदिरा सेवन गरेका कुमालले आफ्नै तीन महिनाको शिशुलाई उठाएर भुइँमा पछारेपछि घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनाबारे कुमालकी जेठी छोरी सरिताले हस्तीचौर प्रहरी चौकीमा जानकारी गराएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरी सहायक निरीक्षक विनयकुमार श्रीवास्तवको नेतृत्वमा खटिएको टोलीले कुमाललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ ।

प्रतिक्रिया