तीन दलको बैठकपछि जसपा दबावमा, आन्तरिक विवाद उत्कर्षमा पुग्ने संकेत


काठमाडौं – शुक्रबार बुढानिलकण्ठमा बसेको तीन दलको बैठकपछि जनता समाजवादी पार्टी (जसपा) दबावमा परेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाबीच शुक्रबार बुढानिलकण्ठमा भएको वार्तापछि प्रधानमन्त्रीविरुद्ध उभिन जसपामा दबाब बढेको हो ।

स्पष्ट दुई धारमा देखिएको पार्टीका अध्यक्ष महन्थ ठाकुर राजेन्द्र महतो लगायतका नेता प्रधानमन्त्रीसँग सत्ता साझेदारी गर्ने पक्षमा देखिएका छन् भने उपेन्द्र यादव बाबुराम भट्टराई लगायतका नेताहरु सरकारविरुद्ध मोर्चाबन्दीमा उभिएका छन् । यसै विषयमा आइतबार काठमाडौँमा उपलब्ध पदाधिकारीले छलफल गरेका हुन् ।

प्रधानमन्त्री केपी ओलीविरुद्ध उभिन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले दबाब बढाएपछि जसपाले छलफल थालेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारविरुद्ध उभिनुको विकल्प नरहेको भन्दै छलफल ३र४ दिन अझै चल्ने बताए ।

गत हप्ता कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा नेकपा माओवादी केन्द्र र जसपा नेताहरुको बैठक राखेर आफ्नो नेतृत्वमा सरकार निर्माणका लागि सहयोग मागेका थिए ।

प्रतिक्रिया