कोरिया जान नपाएको भन्दै प्रदर्शन


काठमाडौं-  दुई वर्षअघि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियन भाषा परीक्षा पास गरी रोस्टरमा रहेका युवाहरूले आइतबार विरोध प्रदर्शन गरेका छन्।

इपिएस अन्तर्गत भाषा र सीप तालिम उत्तीर्ण गरेका यी युवाहरू दुई वर्षसम्म कोरिया जान नपाएको भन्दै आन्दोलनरत छन्। उनीहरूले विगतदेखि आफ्नो समस्याको समाधान नपाएकोमा असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरेको जानकारी प्राप्त भएको छ।

युवाहरूको माग अनुसार रोजगार अनुमति प्रणालीमार्फत कोरिया जाने प्रक्रिया द्रुत पार्न र रोस्टरमा रहेका योग्य व्यक्तिहरूलाई पहिलो प्राथमिकतामा पठाउनुपर्ने जोड दिइएको छ।

प्रतिक्रिया