गगन थापाले वारेसमार्फत दर्ता गराए उम्मेदवारी


काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही–४ बाट वारेसमार्फत प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएको जानकारी दिएका हुन् । उनका अनुसार थापाको वारेसका रूपमा मधेस प्रदेश सभा सदस्य वीरेन्द्र सिंहले उम्मेदवारी दर्ता प्रक्रिया पूरा गरेका छन् ।

पार्टीभित्र अन्य उम्मेदवारहरूलाई टिकट वितरण गर्नुपर्ने दबाबका कारण सभापति थापाले स्वयं उपस्थित नभई वारेसमार्फत उम्मेदवारी दर्ता गराएको बताइएको छ ।

यसअघिका निर्वाचनहरूमा काठमाडौँ–४ बाट उम्मेदवार बन्दै आएका थापा यसपटक मधेस प्रदेशको सर्लाही–४ बाट निर्वाचन मैदानमा उत्रिएका हुन् ।

प्रतिक्रिया