नागढुंगा चेकप्वाइन्टमा खैरो हेरोइनसहित युवक पक्राउ


काठमाडौं- काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा चेकप्वाइन्टबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका–५ का २५ वर्षीय कृष्णबहादुर कुँवर रहेका छन्। प्रहरीले जानकारी दिएको अनुसार, उनी धनगढीबाट काठमाडौँ तर्फ आउँदै गरेको यात्रुवाहक बसमा सवार थिए।

प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले कुँवरको ज्याकेटको खल्तीबाट ६ ग्राम खैरो हेरोइन बरामद गरेको छ। उनीमाथि प्रहरी वृत्त थानकोटले अनुसन्धान जारी राखेको छ।

प्रतिक्रिया