मृतक पाँचै जना एउटै ठाउँका, सबैको सनाखत


सुनसरी– सुनसरीको भोक्राहा नसिंहमा ट्रक दुर्घटनामा ज्यान गुमाएका पाँचै जना एउटै गाउँका रहेका छन् ।

विराटनगरबाट मार्बल बोकेर आज बिहान राजविराज जाँदै गरेको १ख ४५४१ नम्बरको ट्रक सुनसरी भोक्राह नरसिंह गाउँपालिकाअन्तर्गत हुलाकी राजमार्गमा पल्टिँदा भएको दुर्घटनामा ५ जनाले ज्यान गुमाएका छन् भने तीनजना घाइते भएका छन् ।

मृत्युहुनेमा सुनसरी बर्जु वडा नम्बर १ का एकै बस्तीका पाँच जना रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरी उपरीक्षक चन्द्र खड्काका अनुसार बर्जु–१ का ३२ वर्षीय वीरेन्द्र गुरुङ, सोही ठाउँका ५५ वर्षीय बह्मदेव गुरुङ, ५० वर्षीय टेकबहादुर गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्रबहादुर गुरुङको मृत्यु भएको थियो ।

ट्रकमा अगाडिको क्याबिनमा चालकसहित चार जना पछाडि पाँच जना रहेका थिए । यसमा पछाडि बसेका पाँचै जनाको मार्बलले किचेर मृत्यु भएको हो ।

क्याबिनमा बसेका तीन जना घाइतेको विराटनगर नसिंह होममा उपचार भइरहेको छ। चालक भने फरार रहेको जनाइएको छ ।

प्रतिक्रिया