
विशेष महाधिवेशन तनावबीच कोइराला मध्यस्थकर्ताको भूमिकामा सक्रिय
काठमाडौं- नेपाली कांग्रेसमा सम्भावित विभाजन रोक्ने प्रयासस्वरूप नेता डा. शेखर कोइराला सक्रिय संवादमा जुटेका छन्। सभापति शेरबहादुर देउवासँग महाराजगञ्जस्थित निवासमा छलफल गरेपछि कोइराला विशेष महाधिवेशन पक्षधर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग संवादमा लागेका हुन्।
देउवा पक्षको बैठक चलिरहेकै बेला कोइराला सहमहामन्त्री जीवन परियार, बद्री पाण्डे र नेता मिनेन्द्र रिजालसहित देउवा निवास पुगेका थिए। उनले गगन–विश्वप्रकाशको सन्देश देउवासमक्ष पुर्याएका थिए भने अहिले देउवाबाट प्राप्त सन्देश महामन्त्रीद्वयलाई सुनाइरहेका छन्।
पार्टी एकता जोगाउने अन्तिम प्रयासस्वरूप आफू मध्यस्थकर्ताको भूमिकामा रहेको कोइरालाले बताएका छन्। विशेष महाधिवेशनमा दुईतिहाइ पुग्ने दाबीबीच १४औँ महाधिवेशनको नेतृत्व भंग गर्ने आवाज उठिरहेका बेला देउवाले भने त्यसविरुद्ध कानुनी चुनौती दिने तयारी गरिरहेको बताइएको छ।



कागजपत्र |
