म्याग्दी​मा बालिका बलात्कारको आरोपमा ५० वर्षीय विक पक्राउ


म्याग्दी- म्याग्दीमा १२ वर्षीया बालिकालाई बलात्कारको आरोपमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मालिका गाउँपालिका २ साले बस्ने ५० वर्षीय फरम विक छन् । उनलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।​

फरमले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय दर्बाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया