मकवानपुरको ज्यामिरेमा ट्रक-मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु


हेटौंडा-  पूर्व–पश्चिम राजमार्गको मकवानपुर जिल्लाको ज्यामिरेमा आइतबार ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

हेटौंडाबाट चितवनतर्फ गइरहेको ना ४ ख ८९२१ नम्बरको ट्रक र मनहरीबाट ज्यामिरेतर्फ जाँदै गरेको ना ४६ प ६०२८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

मोटरसाइकल चालक मनहरी गाउँपालिका–७ का ४० वर्षीय सूर्यबहादुर मोक्तान घाइते भएका थिए। उनको उपचारको लागि मनहरीस्थित अस्पतालमा प्राथमिक उपचार गरिएको थियो र त्यसपछि चितवनको पुरानो मेडिकल कलेज, भरतपुर लगिएको थियो। तर उपचारको क्रममा उनका मृत्यु भएको जिल्ला प्रहरी मकवानपुरका प्रवक्ता डीएसपी पुस्कर बोगटीले जानकारी दिए।

प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ र आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया