नेपाली सेनाका पूर्वउपरथी बाबुराम श्रेष्ठ प्रलोपामा प्रवेश


काठमाडौं-  नेपाली सेनाका पूर्व उपरथी बाबुराम श्रेष्ठ सक्रिय राजनीतिमा होमिएका छन्। ३७ वर्ष लामो सैनिक सेवापछि अवकाश प्राप्त गरेका उनी हाल प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा प्रवेश गरेका हुन्।

आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा श्रेष्ठलाई पार्टीमा स्वागत गर्दै खादा ओढाइयो। कार्यक्रममा प्रलोपाका शीर्ष नेताहरू डा. बाबुराम भट्टराई, जनार्दन शर्मा, सन्तोष परियार लगायत उपस्थित थिए।

पार्टी प्रवेश गर्दै गर्दा श्रेष्ठले देशको वर्तमान विषम राजनीतिक अवस्था र नयाँ पुस्ताको विद्रोह तथा त्यागले आफूलाई राजनीतिमा आउन प्रेरित गरेको बताए। उनले भने, “देशको राजनीतिक परिदृश्य सामान्य भएको भए म सरकारले दिएको पेन्सन खाएर बस्ने थिएँ। तर अहिलेको परिस्थितिले मेरो सोच बदलिदियो। आरामको जिन्दगी छोडेर राजनीतिको नाममा व्याप्त विकृतिको जालो तोड्न र आवाजविहीनहरूको आवाज बन्न म अघि सरेको हुँ।”

 

प्रतिक्रिया