
कांग्रेसले चुनावमा शक्ति केन्द्रित गर्नुपर्छ, विशेष महाधिवेशन होइन : प्रवक्ता महत
काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको विशेष महाधिवेशनको सन्दर्भ तत्काल रोक्नुपर्ने धारणा व्यक्त गरेका छन्। विशेष महाधिवेशन वैधानिक र व्यवहारिक दुवै दृष्टिले उपयुक्त नरहेको उनको भनाइ छ।
पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा पत्रकारसँग कुरा गर्दै प्रवक्ता महतले पार्टीले नियमित महाधिवेशन गर्ने निर्णय गरिसकेको अवस्थामा विशेष महाधिवेशनको आवश्यकता नरहेको स्पष्ट पारे। उनले पार्टीको निर्णय सबैले पालना गर्नुपर्ने भन्दै संशोधित कार्यतालिकाअनुसार नै अघि बढ्न आग्रह गरे।
आउँदो फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै पार्टीको सम्पूर्ण शक्ति चुनावमा केन्द्रित गर्नुपर्ने बताउँदै उनले विशेष महाधिवेशनको विषय अहिलेका लागि थाती राख्नुपर्नेमा जोड दिए। कांग्रेस विभाजनतर्फ होइन, एकताबद्ध भएर चुनावी मैदानमा उत्रनु नै उचित हुने उनको धारणा छ।



कागजपत्र |
