बालेनलाई लौरो चुनाव चिन्ह फिर्ता गर्न आग्रह


काठमाडौं- लौरो अभियानले लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई सुरक्षित, सम्मानजनक र आधिकारिक रूपमा फिर्ता गर्नुपर्ने माग गरेको छ। अभियानले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उक्त माग सार्वजनिक गरेको हो।

पत्रकार सम्मेलनमा लौरो अभियानका अभियन्ता डम्बर साहु ले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरिसकेपछि लौरो चुनाव चिन्ह अब उनको वा उनको समूहको रहन नसक्ने बताए।

उनका अनुसार, लौरो चुनाव चिन्ह स्वतन्त्र राजनीतिक धाराको प्रतीक भएकाले कुनै व्यक्ति, समूह वा गुटको स्वामित्वमा राख्न नमिल्ने उनको भनाइ छ।

डम्बर साहुले बालेन साह र उनको टिमलाई लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई सुरक्षित, सम्मानजनक र आधिकारिक रूपमा फिर्ता गर्न आग्रह गरे। उनले लौरो चुनाव चिन्ह स्वतन्त्र राजनीतिक आन्दोलनको साझा पहिचान भएको उल्लेख गरे।

लौरो अभियानले आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूको पहिचान र सम्मान कायम राख्न चुनाव चिन्हको दुरुपयोग हुन नदिन स्पष्ट अडान लिएको जनाएको छ।

प्रतिक्रिया