कुलमानले दिए राजीनामा


काठमाडौं- ऊर्जा, जलस्रोत, भौतिक पूर्वधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन् । दलमा लाग्ने भए सरकार छोड्न प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनपछि कुलमानले राजीनामा दिएका हुन् ।

रास्वपाबाट निर्वाचन लड्ने तयारी गरेपछि प्रधानमन्त्री कार्कीले राजीनामा दिन निर्देशन दिएकै पर्सिपल्ट घिसिङले राजीनामा दिएका हुन् । यसबारे उनले केहीबेरमा पत्रकार सम्मेलन गर्दै छन् ।

प्रतिक्रिया