
उत्कृष्ट युवा खेलाडी बनिन् क्रिकेटर पूजा महतो
काठमाडौं- एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८१ अन्तर्गत क्रिकेट खेलाडी पूजा महतो वर्षको उत्कृष्ट युवा खेलाडी घोषित भएकी छन्। विभिन्न विधामा प्रतिस्पर्धीलाई पछि पार्दै उनले उक्त उपाधि हात पारेकी हुन्।
वर्षको उत्कृष्ट युवा खेलाडीको मनोनयन सूचीमा क्रिकेटकी पूजा महतोसँगै एथ्लेटिक्सका अजय विक, करातेकी अञ्जली महर्जन, बक्सिङकी स्वस्तिका र फुटबलका समीर तामाङ रहेका थिए।
यस्तै, बुधबार पोखरास्थित सभागृहमा सम्पन्न अवार्ड समारोहमा खो–खो खेलको महिला र पुरुष दुवै टिम वर्षको उत्कृष्ट खेल टिमका रूपमा चयन भएका छन्।



कागजपत्र |
