
वीरगञ्जमा कर्फ्यु समय थपियो, साँझ ६ बजेसम्म लागू
वीरगञ्ज- जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रमा जारी कर्फ्यु आदेशको समय पुनः थप गरेको छ। यसअघि मंगलबार दिउँसो १ बजेसम्मका लागि लागू गरिएको कर्फ्युलाई बढाएर आज साँझ ६ बजेसम्म कायम गरिएको हो।
पछिल्लो सुरक्षा अवस्था र वस्तुस्थितिलाई ध्यानमा राख्दै कर्फ्यु आदेशलाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार तोकिएको समय र क्षेत्रभित्र भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न तथा आवतजावत गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
प्रशासनले नागरिकलाई कर्फ्यु आदेशको पालना गर्न आग्रह गर्दै उल्लंघन गरे कानुनअनुसार कारबाही हुने चेतावनी पनि दिएको छ।
कर्फ्यु आदेश वीरगञ्ज महानगरपालिकाका देहायका क्षेत्रहरूमा लागू हुनेछ:
पूर्व: बसपार्क, नगवा, ईनर्वा
पश्चिम: सिर्सिया नदी
उत्तर: गण्डक चोक
दक्षिण: शंकराचार्य गेट



कागजपत्र |
